काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डको खेल रद्द भएको छ । अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा खेल रद्द भएपछि नेपालले अंक बाँडेको छ ।
टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि खेल स्थगित भएको थियो ।
शृंखलाअन्तर्गत स्कटल्यान्डसँग भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो। यो शृङ्खलामा नेपालले दुई हार र एक जितको नतिजा निकाल्यो। घरेलु टोलीसँग भएका दुबै खेलमा नेपाल पराजित भएको थियो। १२ खेलबाट ६ अंक भएको नेपाल अंक तालिकाको सातौं स्थानमा छ।