पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन

पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन

blood

पोखरा । पोखराको पस्र्याङमा रहेको एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २ सय ५१ युनिट रगत संकलन भएको छ ।

पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ३ जना पुरुष र ४८ जना महिला रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन फर्निचर, पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप)लगायतका संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रमको एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिइन् ।

विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गरिएको एभरेस्ट एफएम सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

भर्खरै