काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको हो ।
पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए भने लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
फक्राउ पर्नु अघि उनले संक्षिप्त सम्बोधनमा सरकारले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् । प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।
‘अदालतको प्रक्रियामा सम्मान गर्न चाहन्छु,’ उनले भने,‘ तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न नेता कार्याकर्तालाई आग्रह गर्छु ।’ उनले राज्यको दादागिरीको डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।