पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन

पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन

avinandan 1

पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले सजाइएको गाडीमा राखेर र्‍यालीसहित नगर परिक्रमा गराउनुका साथै महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो ।

र्‍याली र पैदल यात्रापछि आयोजित कार्यक्रममा खड्कालाई, वयोवृद्घ समाजसेवी सोमबहादुर गुरुङ, मुक्तीप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र क्लबका अध्यक्ष मीनबहादुर गुरुङले अभिनन्दनपत्र प्रदान गरी सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री खड्काले यो सम्मानले अझै जनताको पक्षमा निरन्तर लागि रहने प्रेरणा प्राप्त गरेको बताए ।

क्लबका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष एवं आजिवन सदस्य जीवन आचार्य, हिमालय क्लवका अध्यक्ष मोहनवहादुर थापा, क्लवका सहसचिव दीपकबहादुर केसी लगायतले वडाको समग्र विकासमा नेता खड्काले पु¥याएको योगदानको प्रशंसा गर्दै, जनप्रेमी नेताले सधैं नागरिकको मन जित्ने बताएका थिए ।

संघीय सांसद हुँदा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पुर्वाधार विकास र यातायात व्यवस्था मन्त्री बनेका खड्काको कार्यकालमा पोखरा १६,१९ र २० नम्बर वडामा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला शसक्तीकरणका क्षेत्रमा निकै फड्को मारेको थियो । उनको कार्यकालमा २१ वटा पक्की पुल,१२ वटा झोलुंगे पुल, ५५ किमी सडक कालोपत्रे, ४९ किमी सडक ग्राबेल भएका थिए भने १ अर्ब २२ करोड राजश्व संकलन समेत भएको थियो । अमला बिसौनी घार्मी आलेवारी सडक, घार्मीखोला अर्मलाकोट सडक, जुम्लेटी हरिपाउँ सडक लगायतका अधिकांश ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रे, ढलान गर्न उनको भूमिका रहेको क्लबको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै