प्रतिकुल मौसमले पाँच रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै  

प्रतिकुल मौसमले पाँच रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै  

पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा गत असोज २२ गते ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव ल्याउन समस्या भएको छ ।
अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ गत असोज २० गते आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए । हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका प्रबन्ध निर्देशक जाङ्बु शेर्पाले बताए । उनका अनुसार आराहीले ११ बजे अन्तिमपटक बेस क्याम्पमा रहेका साथीहरुसँग सम्र्पक गरेक थिए
७ हजार एक सय मिटर उचाइमा मृत भेटिएका उनीहरुको शव ल्याउन प्रतिकुल मौसम र भूगोलका कारण प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।  गत असोज २३ गतेदेखि २५ गतेसम्म शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान नसकेको प्रहरीको भनाइ छ ।
आइएम टे«कीङ एन्ड एक्सपीडिसन मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएकोमा नौ पर्वतरोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए भने ५ जना ७ हजार १ सय मिटरमा मृत भेटिएका हुन् ।  विश्वको सातौं ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

प्रतिक्रिया