डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया बालिकाको हत्या भएको छ । बालिकाको हत्या आरोपमा एक व्यापारी पक्राउ परेका छन् । अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा सोही नगरपालिकाको पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी फक्राउ परेका छन् । बालिका हिजो मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भण्डारीलाई सार्वजनिक गरेको छ । भण्डारीले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका हुन् । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ ।
स्थानीयले् भने बालिकाको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । बालिकाको पोस्टमार्टम रिपोर्ट भने आइनसकेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आरती २५ गते शुक्रबार साँझ ५ बजे भण्डारीको पसल पुगेको थिइन् । हत्यापछि ६ बजेतिर भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेको थिए ।
डडेल्धुरा सदरमुकामहुँदै पोखरा बजारबाट करिब १० किलोमिटर टाढाको स्याउले बजार पुगेको र फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा उनले मदिरा सेवन गरेको प्रहरीले बताएको छ । । शव फालेको ठाएँमा भण्डारीको टोपी र चप्पल छुटेको र त्यसकै आधारमा आज बिहान शांैचालयमा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।