गण्डकीका मुख्यमन्त्री उपचारको लागि भारतमा, कार्यवहाक मुख्यमन्त्री पद्मा

गण्डकीका मुख्यमन्त्री उपचारको लागि भारतमा, कार्यवहाक मुख्यमन्त्री पद्मा

Surendra

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि आइतबार भारत प्रस्थान गरेका छन् । उनी आफ्नो र पत्नीको उपचारका लागि भारत गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्रीको घुँडामा समस्या भएकाले गत साउनमा पनि उनी उपचारको लागि भारत भएका थिए ।

उपचारको लागि भारत गएका मुख्यमन्त्री पाण्डेले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिएका छन् । श्रेष्ठ नेकपा एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी छन् भने उनी मुख्यमन्त्रीपछिको पहिलो वरियताकी मन्त्री हुन् । जिसीकाे सचिवालयका अनुसार मुख्ममन्त्र पाण्डेले असोज २८ गतेसम्मलाई कार्यवहाकाे जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री पाण्डेले यो पटकको दसैं भारतमै मनाउने भएका छन् । छोरा अध्ययनका लागि भारतमा रहेकाले मुख्यमन्त्रीले भारतमै दसैं मनाएर फर्किने छन् ।

प्रतिक्रिया