पोखरा ।
जुत्ता ब्यबसायी संघ कास्कीको कार्यालय उद्घाटन तथा बिजयदशमी,दिपावली,नेपाल संवत तथा, छठ पर्बको उपल्यक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा ४ शर्बेस्वर मार्ग पन्थिगल्लीमा सस्थाको कार्यालय उद्घाटन गर्दे पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आफु जुत्ता ब्यबसायी संघको स्थापना कालदेखिनै संघमा आउने समस्याको समाधान गर्न सधै लागि परेको बताउदै अब आउने दिनहरुमा पनि ब्यबसायीहरुमा आउने समस्यालाई ईमानदार पुर्वक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष, सस्थापक अध्यक्ष संघका पुर्ब अध्यक्ष एबम सल्लाहकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लिलाम्बर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव मुक्तिप्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए ।

This will close in 10 seconds