काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको ७९ औ्ं महासभामा भाग लिएर हिजो स्वेदश फर्किएका प्रधानमन्त्री ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन तय भएको छ ।
बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणको बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलन राखेको जनाइएको छ । देशमा ठूलो विपद् आउँदा प्रधानमन्त्री विदेश भ्रमणमा बसेको भन्दै चर्को आलोचना समेत भएको थियो।
तर, हिजो विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विरोधका लागि विरोध नगर्न आग्रह गर्दै उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिने बताएका थिए। पत्रकार सम्मेलन अघि एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टी सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि राखेका छन्।