एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै

राजनीति

एमाले कास्कीले असोज १७ गते चियापान कार्यक्रम गर्दै

UML-Gandaki

पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम गर्ने भएको छ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम एमाले कास्कीले गर्न लागेको हो ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार विजया दशमीको घटस्थापनाको दिन असोज १७ गते पोखरा सभागृहमा कार्यक्रम गर्न लागिएको हो ।

बिहान साढे ७ बजे सुरु हुने कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सम्बोधन गर्नेछन् । नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया