चट्याङ लागेर जनप्रतिनिधि घाइते

चट्याङ लागेर जनप्रतिनिधि घाइते

photo garti

पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु ।

रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।

उपचारपश्चात नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छन् । अहिले चट्याङको कारण बाँयाहातले राम्रो काम गरेको छैन र शीररको एक हर सहनै नसक्ने गरी पोल्ने गरेको उनले बताइन् । रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीयवासिन्दाको गुनासो छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया