पोखराको एक विद्यालयमा तीजको खर्च कटाएर अक्षयकोषमा रकम

पोखराको एक विद्यालयमा तीजको खर्च कटाएर अक्षयकोषमा रकम

ढुंगेसाँघु सितापाइला आमा समुह 1

नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तिजमा दर खाने खर्च कटाएर यहाँको एक आमा समुहले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ।

तीज पर्व होटल र पाटी प्यालेसमा भोज खाएर नभई शिक्षा क्षेत्रमा लगानी गरि मनाउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. १७ स्थित ढुंगेसाँघु सितापाइला आमा समुहले स्थानीय जानकी माविमा ५१ हजार १०५ रुपैयाको अध्यक्ष कोष स्थापना गरेको हो।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच सो आमा समूहले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

सामुहिक रुपमा दर खाने रकम संकलन गरी विद्यालयमा अक्षयकोष स्थापना गरेको समुहकी अध्यक्ष सिता काफ्लेले जानकारी दिइन्।

‘समाजका विपन्न एवं असहायको शिक्षाको अध्ययन थलो बनेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास समुहले लिएको छ’, उनले भनिन्, आवश्यकताअनुसार समुहले सहयोगलाई निरन्तरता दिने छ।’

यसअघि, विद्यालय संचानार्थ वडासदस्य शिवराम भण्डारीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए।

सरकारी एक वर्षको सेवा सुविधा ३ लाख र २ लाख थप गरी विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिए।

विद्यालय संचानार्थ १ करोडको अक्षयकोष पु¥याउने लक्ष्यका साथ स्थापना भएको कोषमा हालसम्म विभिन्न संघसंस्था एवं व्यक्तिबाट लगभग १५ लाख संकलन भएको उनको भनाई छ।

कार्यक्रममा पोखरा–१७ का वडासदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारीलगायतको सहभागिता थियो।

विद्यालयका शिक्षक तुलसी गिरीका अनुसार सो विद्यालयमा हाल ३७५ जना विद्यार्थी अध्ययनरत् छन्।

पछिल्लो समय निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने क्रम बढेको छ।

प्रतिक्रिया