काभा महिला भलिबल : नेपाल फेरिपनि उपविजेतामै सीमित

काभा महिला भलिबल : नेपाल फेरिपनि उपविजेतामै सीमित

Nepal, CAVA Womens Volleyball

काभा महिला भलिबल नेसन्स लिगमा उपविजेतामै सीमित बनेको छ।

उता, भारतले भने नेपाललाई हराउँदैे उपाधि जितेको छ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो।

नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो।

यस्तै, दोस्रो सेट भारतले २५–१४ ले जित्यो।

यसैगरी, तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो।

त्यसपछि, अन्तिम सेट १५–८ ले जित्दै भारतले उपाधि जितेको हो।

नेपाल इरानलाई हराउँदै र भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेका थिए।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो।

महिला भलिबलमा भारतमाथि नेपालको त्यो पहिलो जीत थियो।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, इरान र माल्दिभ्स गरी ५ देश सहभागी थिए।

यसअघि, सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा भारतसँग खेलेको थियो।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटमा पराजित हुँदै उपविजेता बनेको थियो।

प्रतिक्रिया