टाइगर कप भलिबल: पुरुषतर्फ विभागीय आर्मीलाई हेल्प नेपालले हरायो

टाइगर कप भलिबल: पुरुषतर्फ विभागीय आर्मीलाई हेल्प नेपालले हरायो

Help Nepal

पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा हेल्प नेपाल स्पोट्र्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी पुरुषतर्फ समूह ‘ए’ को खेलमा हेल्प नेपालले आर्मीलाई सहजै हरायो।

पहिलो सेट २५–१८ मा खेललाई आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेटमा समेत २५–२० ले जित निकाल्यो।

तेस्रो सेटमा भने हेल्प नेपाल २३–२५ मा रोकियो।

चौथो सेट २५–२० ले हराउँदै हेल्प नेपालले जित हासिल गरेको हो।

प्रतिक्रिया

भर्खरै