२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल माघको दोस्रो सातादेखि

२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल माघको दोस्रो सातादेखि

Aaha Rara Gold Cup

सहारा क्लब पोखराको आयोजनामा २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुँदैछ।

यस संस्करणको आहा ! रारा गोल्डकपको प्रतियोगिताका लागि यतिखेर आयोजक सहारा क्लब पोखराले तयारीलाई तिब्रता दिएको छ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना गरिने उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकको टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई नियमित रुपमा हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गर्दै आएको छ।

पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलियासमेतको विशेष साथ रहनेछ।

लुम्बिनी विकास बैंक अफिसियल बैंक रहनेछ भने बुद्ध एयर अफिसियल एयरलायन्स रहनेछ।

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा संचालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको नि:शुल्क शिक्षा–दीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षणलगायत भरणपोषणमा क्लबले खर्च गर्नेछ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds