वाशिंगटन डिसीस्थित नेपाली दुताबासको कागजात लुटिएको दुताबासले एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ। डिसेम्बर २३ शुक्रबारका दिन जारी गरिएको बिज्ञप्तिअनुसार टेक्सस राज्यको डालस, अस्टिन र ह्युस्टनमा संचालित कन्सुलर सेवा शिविरहरुबाट संकलित धनादेश (मनि अर्डर) खजाञ्ची पत्र (क्यासियर चेक) हरु लुटिएकोले अनुसन्धानमा सहयोगको लागि अनुरोध गरेको छ। यस दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्ससको...