पाेखरा ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बहादुर बानियाँ आगामी विश्व सम्मेलनको तयारी तथा संस्थागत समन्वयका लागि युरोप भ्रमणमा जाने भएका छन्।
परिषद्को पत्र अनुसार अध्यक्ष बानियाँ अप्रिल २५ देखि मे २ सम्म स्पेन आइसल्यान्ड,डेनमार्क नेदरल्यान्ड,जर्मनी र बेल्जियममा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले युरोपमा रहेका कास्केली समाजसँग भेटघाट गर्दै संगठनबीचको सम्बन्ध सुदृढ गर्ने र आगामी विश्व सम्मेलन युरोपमा आयोजना गर्ने विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यसैगरी, बेल्जियम, आइसल्यान्ड,डेनमार्क नेदरल्यान्ड,जर्मनी र स्पेनस्थित कास्की आदर्श समाजका नेतृत्वसँग समन्वय गर्दै विभिन्न कार्यक्रम तथा सहकार्यका सम्भावनाबारे पनि छलफल हुने परिषद्ले जनाएको छ।
परिषद्ले सम्बन्धित सबैलाई आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध गरेको छ। यस भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा कास्केली समाजबीच एकता र सहकार्य अझ मजबुत हुने विश्वास लिइएको छ।