विज्ञान-प्रविधि

त्रिभुवन विश्वविद्यालयले २०५८ देखिका विद्यार्थीलाई मौका परीक्षा संचालन गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते...
आजको मौसम, गण्डकीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
पोखरा ९ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभावका साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी, मधेश,बागमती, लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा...
आज विश्वकर्मा जयन्ती, विश्वकर्मा भगवानको पूजा गरी मनाइँदै
पोखरा १ असोज । आज विश्वकर्मा जयन्ती । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात अजोज १ गते विश्वकर्मा पूजा गरी मनाइँदैछ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो भने यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विशेष गरी नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र...
अमेरिकामा ‘टिकटक ब्याण्ड’ गर्ने कानुन पारित भएपछि …
टिकटकको चिनियाँ मुल कम्पनी बाइट्ड्यान्स लिमिटेडले टिकटकबारे आएका हल्लाहरूको खण्डन गर्दै टिकटक बेच्ने कुनै योजना नभएको जनाएको छ। अमेरिकाले ‘प्रयोगकर्ताको गोपनीयता सार्वजनिक हुनसक्ने’ भन्दै टिकटकमा प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै आएका हल्लाहरूको खण्डन गर्दै ती हल्लाहरू सत्य नभएको बाइट्ड्यान्सले जनाएको हो। ‘बाइट्ड्यान्ससँग टिकटक बेच्ने कुनै योजना छैन, विदेशी मिडिया रिपोर्टहरू सत्य होइनन्’ कम्पनीले आफ्नो स्वामित्वमा...
९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिवन्ध
अमेरिकी माथिल्लो सदन सिनेटले पनि टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ। तल्लो सदन कँग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो। यो विधेयकले टिकटकको संचालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ। यदि, बिक्री नगरेमा ९ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ। सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ। त्यो अवस्थामा...
टिकटकले ३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदैछ
शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ। हालसालैको एक खबरअनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ। यो परीक्षण पहिलो पटक सोसल मिडिया कन्सल्टेन्ट म्याट नभाराले पत्ता लगाएका हुन्। उनले एपको आईओएस बेटा संस्करणमा टिकटकले ३० मिनेट लामो भिडिओ अपलोडका...
टिकटकले भेटाइदियो जुम्ल्याहा दिदीबहिनी एमी र एनीलाई
जर्जियामा एमी र एनी जुम्ल्याहा दिदीबहिनी हुन्। जन्मलगत्तै आमाबाट खोसेर कसैले दुवैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए। गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका थिए। त्यसैमा उनीहरू पनि बेचिएका थिए। जबकि, उनीहरू आफ्नो वास्तविक आमासँग छैनन्। उनीहरूलाई एक आपसमा थाहा समेत थिएन, आफूजस्तै अनुहार भएको अर्काे कोही छ भन्ने। दिदी बहिनीको भेट वर्षौपछि टिभी ट्यालेन्ट...