राजनीति

काँग्रेस संसदीय दलको निर्वाचनका लागि ३ सदस्यीय समिति गठन
नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सह–महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली ‘स्नेही’ छन्।
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई बधाई दिए
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पार्टीबाट नवनिर्वाचित सदस्यहरुलाई बधाई दिए। सांसदहरुलाई बधाई दिदैँ प्रचण्डले ०७४ भन्दा खुम्चिनु गंभीर विषय भएको बताए। उनले अघिल्लो चुनावमा ३८ सिट भएको पार्टी ३२ सिटमा खुम्चिनु गंभीर विषय भएको स्वीकार गरे। स्थानीय निर्वाचनमा अघिल्लोभन्दा राम्रो नतिजा आएको बताए। प्रदेशसभामा ०७४ को हाराहारीमा नै भएको बताए। प्रतिनिधिसभामा संख्या...
५ वर्षसम्मै गठबन्धन कायम हुनुपर्छ: भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् । आज (शनिबार) दमौलीको बीपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए । उनले सङ्गठन सुदृढीकरण गर्न सकेको...
गण्डकी प्रदेशसभाको समानुपातिकमा एमालेबाट १० सांसद छानिए
नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ। शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरुको बर्चस्व छ। समानुपातिकमा खसआर्य महिलातर्फ यशोदा रिमाल (लजमुङ) र देवका पहाडी (कास्की) छन् भने खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (बाग्लुङ) र प्रकाशबहादुर केसी (कास्की) छन्। त्यस्तै, आदिवासी जनजाति महिलातर्फ विनाकुमारी थापा (बाग्लुङ) र...
स्याङ्जा–२ बाट नेपाली काँग्रेसका धनराज गुरुङ विजयी
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी बनेका छन्। शनिबार राति अबेर सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली धनराजले ५ हजार, ६२७  मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अन्तिम नतिजा अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा...
स्याङ्जा–२ को प्रदेशसभा (२) मा काँग्रेसका महेश भट्टराई विजयी
स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेस उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १ हजार ७८६ मतान्तरले हराउँदै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टराई विजयी भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार भट्टराईले १८ हजार ७८८ मत प्राप्त गरे। त्यस्तै, निकटतम प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले...
कास्की काँग्रेस अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्न तयार
नेपाली काँग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ। नेपाली काँग्रेस कास्कीको आज (बिहीबार) बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकमा पधादिकारी एबं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए। बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमितिसमक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो। अन्तरघात गर्नेको...
कास्की–१ को प्रदेशसभा (१) बाट एमालेका खगराज अधिकारी निर्वाचित
कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दीपक कोइरालालाई ३ हजार ९९६ को मतान्तरले हराउँदै अधिकारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गणतन्त्रका साझा उम्मेदवार बनेका...
तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारी विजयी
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका शंकर भण्डारी विजयी बनेका छन्। भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ को फरक मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५...
तनहुँ–२ प्रदेशसभा (२) बाट काँग्रेसका जीतप्रकाश आलेको जीत
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका जीतप्रकाश आलेमगगर विजयी बनेका छन्। जीतप्रकाशले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६४० को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि जीत निकालेका हुन्। मत गणनाको अन्तिम नतिजामा जीतप्रकाशले १३ हजार ८६० मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका...