‘प्रचण्ड’ चुनिए, माओवादी केन्द्रमा संसदीय दलको नेता

‘प्रचण्ड’ चुनिए, माओवादी केन्द्रमा संसदीय दलको नेता

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा चयन गरेको छ।

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले ‘प्रचण्ड’लाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

त्यसअघि, पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो। दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन्।

उक्त पार्टीले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको सपथपछि संसदीय दलको नेता, सचेतक र उपनेता चयन गरेको हो।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds