सत्तारूढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व भागबन्डा मिलाइएको छ। आज (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको हो। सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ भने माओवादी केन्द्रले वागमती...