राजनीति

संविधानको रक्षासँगै मुलुकको समृद्धि गठबन्धनको उद्देश्य
सत्तापक्षीय गठबन्धनका नेताहरूले संविधानको रक्षासँगै मुलुकको समृद्धि नै गठबन्धनको मुख्य उद्देश्य भएको बताएका छन्। राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा चुनाव प्रचार–प्रसार समिति, सत्तापक्षीय गठबन्धन गण्डकी प्रदेशका तर्फबाट आज (आइतबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले गठबन्धन मुलुकको आवश्यकता भएको बताए। सत्ता गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) र पदमबहादुर परियार (तनहुँ) एवं...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे गोरखामा
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज (शुक्रबार) गोरखा आइपुगे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको पाण्डे पार्टीको गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा भाग लिन यहाँ आएका हुन्। नगर सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले काँग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्नेमा जोड दिए। ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति) लाई परिवर्तन गर्छु र कांग्रेस...
उत्पादनलाई पर्यटनसँग जोड्यौ भने मुलुक अगाडि बढ्छ: मन्त्री गुरुङ
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटनसँग जोडियो भने मुलुकको विकास हुने कुरामा जोड दिएका छन्। सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई...
माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले भच्चेकमा योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको...
भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा काँग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन्। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले काँग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने प्रष्ट पारे। ‘काँग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन। हामी...
३३ प्रतिशत मात्र होइन, महिलाको समान सहभागिता हुनुपर्‍यो: अध्यक्ष हमाल
अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन्। महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्दा रहेको उनले प्रष्ट पारिन्। अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको...
मेरो समाचार स्रोत गलत परेछ: बस्नेत (अध्यक्ष, प्रेस चौतारी)
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति...
कास्की–२ का काँग्रेसले विपी वनबाटिकामा रोपिएका बिरुवालाई गोडमेल गर्‍यो
विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज (शुक्रबार) यसअघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ। पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले...
काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ३५ जना सदस्यहरुले धारणा राखे
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज (विहीबार) ३५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले पार्टीको सागठनिक संरचना, रुपान्तरण अभियान, राष्ट्रिय राजनीति र सरकारमा पार्टीको भूमिकालगायतका विषयमा राखेका हुन्। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काँग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम गरेको भन्दै...
प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले डटेर लड्छ: नेता नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध समाजवादी मोर्चा डटेर लड्ने बताएका छन्। सोमवार काठमाण्डौमा आयोजित ‘ं(समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने उल्लेख गरे। मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनको भनाई थियो। ‘कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरेको होइन,’ उनले भने।...