पोखरा

मादी गाउँपालिकामा सोंथर बेँसी टारी बजार मेला हुने
पाेखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ र २ गते तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला हुने भएको छ । सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन...
आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप भोलिदेखि पोखरामा सुरु हुँदैछ । मंगलबारबाट पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी सकिएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष दोहोरिए भीम
पोखरा । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १० औं अधिवेशनले पुनः भीम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी, प्रथम उपाध्यक्षमा विष्णु सुवेदी, द्धितीय उपाध्यक्षमा प्रेम पहारी, महासचिवमा घनश्याम तिम्सिना, सचिवमा शम्भुराम पाण्डे, कोषाध्यक्षमा गुप्तबहादुर कार्की, सहकोषाध्यक्ष धनबहादुर विक छन् । त्यसैगरी समितिको सदस्यहरुमा...
पत्रकार महिलाका लागि अदालती रिपोर्टिङसम्बन्धी कार्यशाला
पोखरा । पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग र न्यायमा पहुँच वृद्धिका लागि ‘अदालती रिपोर्टिङसम्बन्धी’ एक दिने कार्यशाला पोखरामा भएको छ । एसियाली महिला कोषको आर्थिक सहयोग, अधिवक्ता विनीता नेपालीको संयोजकत्व र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा उक्र कार्यक्रम भएको हो । कार्यक्रममा अदालती रिपोर्टिङसम्बन्धी प्रस्तुति राख्दै उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पत्रकारले...
कास्कीमा २६ हजार बालिकालाई एचपिभी खोप लगाइने
पोखरा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानमा कास्कीका २६ हजार बालिकालाई खोप लगाइने भएको छ । कास्कीका पाँच वटै स्थानीय तहका गरी २६ हजार २ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश जनस्वास्थ्य कायर्कालय कास्कीले बताएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन आज आयोजित जिल्ला समन्वय समिति कास्कीका पदाधिकारी तथा सञ्चारकर्मीबीचको अन्तर्कियामा...
कांग्रेसका जिल्ला सभापतिको प्रशिक्षण पोखरामा
पोखरा । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई माघ २२ र २३ गते पोखरामा प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई पोखरामा प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण कार्यक्रम पोखराको फूलबारीस्थित केसी क्याटरिङमा हुने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी गराए । उनका अनुसार प्रशिक्षण...
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल
गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश
पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित...
आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो । पहिलो सेट २०–२५ ले...
पोखरामा ‘ब्याक टु नाइन्टिज’ सांगीतिक कार्यक्रम हुने
पोखरा । ब्यान्डहरुको राजधानी पोखरामा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी...
पोखरा पब्लिक स्कुलमा नेतृत्व विकास कार्यक्रम
पोखरा । पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलमा एक दिने नेतृत्व विकास कार्यक्रम भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गत एक वर्षे शिक्षा शास्त्र स्नातकोत्तर कार्यक्रमका विद्यार्थीहरुले आयोजना गरेको यो कार्यक्रममा नेतृत्व विकाससँगसँगै वर्तमान शिक्षाका अवसर, सम्भावना र चुनौतीको बारेमा छलफल भएको थियो । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर धनपति सुवेदी एवं उत्पेरक वक्ता विकल...