समाचार

बडादसैंको टीका लगाउने क्रम आज पनि जारी
पोखरा । आज आश्विन शुक्ल पक्षको एकादशी। । बडादसैंको टीका लगाउने क्रम आज पनि जारी छ । आइतबार ५१ घडी ६ पला एकादशी तिथि छ । विजया दशमीको मुख्य दिन हिजो टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण गर्ने गर्दछन् । बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद...
मेलबर्नमा रहेका पोखरेलीहरुको छुट्टै संस्था बनाउने पहल
पाेखरा । नेपालको पोखरा क्षेत्रबाट अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबर्न लगायत विभिन्न स्थानमा पुगेर बसोबास गर्नेहरु संगठित हुने प्रयासमा रहेका छन। विभिन्न मुलुकमा पुगेका नेपालीहरुले आफ्नो राजनीतिक बिचारको आधारमा मात्र नभएर जातीय र भौगोलिक आधारमा समेत विभिन्न संघ संस्था र समाज स्थापना गर्ने क्रम चलिरहेको छ जसका कारण विदेशमा रहेका नेपालीहरु दर्जनौं संस्थाहरुमा समेत संलग्न...
पत्रकार पराजुली र मेलबर्नमा रहेका नेपालीबीच भेटघाट
पोखरा । नेपालको पाेखराबाट अष्ट्रेलियाको भ्रमणमा गएका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली र भिक्टोरिया राज्यको मेलबर्नमा रहेका गैर आवाशीय नेपालीबीचमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ। उक्त भेटघाट कार्यक्रममा गैर आवाशीय नेपालीहरुको संस्था एनआरएनए भिक्टोरियाको तर्फबाट पराजुलीलाइ  खादा लगाएर सम्मान गरिएको थियो। केही साताको पारिवारिक भ्रमणको लागि अष्ट्रेलियामा रहेका पराजुली नेपाल सरकारको...
मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गरेका ५न् ।  “विजया...
आपसी सहयोग र सदभावका साथ दसैं मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।  विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे ।   प्रधानमन्त्री ओलीले विपद्को...
दिउँसो ३: ३० बजेदेखि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । । उनले  आज दिउँसो ३: ३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३०...
आज विजयादशमी, ११ बजेर ३६ मिनेटमा टीकाको साइत
पोखरा ।  बडादसैंअर्थात् दुर्गापक्षको मुख्य दिन ।  आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लासका साथ विजया दशमी मनाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक...
काभा पुरुष भलिबलमा नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग फाइनल खेल्ने
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अंकले जितेको...
महानवमी पनि आज मनाइँदै
पोखरा ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष...
राजनीति
वैरभाव र निरासा फैलाउने प्रवृत्ति विरुद्ध एकजुट हुन एमालेको आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुनसमेत पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । पार्टी मुख्यालयमा बसेको बैठकबारे जानकारी दिनुहुँदै उपमहासचिव प्रदीप ज्ञवालीले समाजमा निराशा, हतास र नकारात्मक मनस्थिति, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेकाले त्यसविरुद्ध एकताबद्ध भएर उभिने निर्णय गरिएको बताए । उपमहासचिव ज्ञवालीले सरकारले...