समाचार

राष्ट्रपति भण्डारीद्वारा सरकार गठन गर्न आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर संसदमा रहेका २ वा २ भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्। ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा...
पोखरा सडक महोत्सव: ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’
रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसीय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरामा क्रियाशील झण्डै २ दर्जन पत्रकारसहित आयोजक रेवान पोखराको टोली सहभागि थिए। टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्प हुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे। अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक...
पोखराको ल्याण्डफिल्ड साइडमा आजदेखि फोहोर फ्याँक्न रोक लगाइयो
पोखराको छिनेडाँडास्थित ल्याण्डफिल्ड साइडमा आज (आइतबार)देखि फोहोर फ्याँक्न रोक लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको ल्याण्डफिल्ड बाधक बनेपछि फोहर फ्याँक्न रोक लगाइएको हो। पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ। पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको...
काँग्रेस संसदीय दलको निर्वाचनका लागि ३ सदस्यीय समिति गठन
नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सह–महामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली ‘स्नेही’ छन्।
नेप्से परिसूचक २७.५४ अंकले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले ओरालो लागेको छ। नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा पुगेको छ। यस दिन नेप्सेमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर...
पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि प्रतिभाहरु छनोट गरियो
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनौट गरिएको छ। पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल छनौट भएका छन्। पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१०...
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई बधाई दिए
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पार्टीबाट नवनिर्वाचित सदस्यहरुलाई बधाई दिए। सांसदहरुलाई बधाई दिदैँ प्रचण्डले ०७४ भन्दा खुम्चिनु गंभीर विषय भएको बताए। उनले अघिल्लो चुनावमा ३८ सिट भएको पार्टी ३२ सिटमा खुम्चिनु गंभीर विषय भएको स्वीकार गरे। स्थानीय निर्वाचनमा अघिल्लोभन्दा राम्रो नतिजा आएको बताए। प्रदेशसभामा ०७४ को हाराहारीमा नै भएको बताए। प्रतिनिधिसभामा संख्या...
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा आज (आइतबार) आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन्। समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरे। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्।...
विश्वकप फुटबल: अर्जेन्टिना–फ्रान्स उपाधिका लागि भिड्दै
कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज (आइतबार) अर्जेन्टिना र फ्रान्स आमने–सामने हुँदैछन्। यी २ टिमबीचको उपाधि भिडन्त आज राति ८:४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना र फ्रान्स दुबै तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन्। फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो। त्यसअघि, फ्रान्सले १९९८ को विश्वकप ट्रफी हात...
विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
क्रोएसियाले फिफा विश्वकप २०२२ मा तेस्रो स्थान जित्न सफल भएको छ। ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्ले–अफमा क्रोएसियाले २–१ गोलअन्तरले पराजित गरेर तेस्रो स्थान जित्न सफल भएको हो। क्रोएसियाले विश्वकपमा पुन: एकपल्ट उच्चस्तरको प्रदर्शन गर्न सफल भएको छ। सन् १९९८ मा विश्वकपमा डेब्यू गरेर एकपल्ट फेरि विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा आफूलाई बलियो टोलीका...