विश्व फुटबल महारथी अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ। साबिक उपविजेता क्रोएसियामाथि शानदार जित निकाल्दै २ पटकको विश्वकप विजेता अर्जेन्टिना फाइनल पुगेको हो। कतारस्थित लुसैल स्टेडियममा मंगलबार राति भएको यस संस्करणकै पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को गोलअन्तरले हरायो। अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेज चम्किए। प्रतियोगिताकै...
अर्जेन्टिनी कप्तान मेस्सीले आज (मंगलबार) जारी विश्वकपको सेमिफाइनल खेल्दैछन्। कतारको दोहास्थित लुसाइल स्टेमिडयममा क्रोएसियाविरुद्धको खेल अर्जेन्टिनाले जित्यो भने कप्तान मेस्सीले विश्वकपमा सर्वाधिक म्याच खेल्ने खेलाडीको रेकर्ड बनाउनेछन्। जारी विश्वकपको सेमिफाइनलमा मेस्सीको खेल २५ पुग्नेछ। आज राति हुने सेमिफाइनल जितेर फाइनल खेल्ने नतिजा निकाले कप्तान मेस्सीले विश्वकपमा सबैभन्दा बढी म्याच खेल्ने खेलाडीको नाम दर्ता गराउनेछन्। सेमिफाइनल...
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (मंगलबार) अर्जेन्टिना र क्रोएसिया खेल्दैछन्। यी २ देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले ५ पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन्। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी २ पटकसम्म विश्वकपको उपाधि जितेको छ।...
दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन्। च्याम्पियनसीपअन्तर्गत आइतबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरिया तथा महिलातर्फ युएई च्याम्पियन बनेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले हरायो। त्यसअघि, आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका...
साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फ्रान्सले सेमिफाइनलमा प्रवेश गरेको हो। कतारको अल वयात रंगशालामा शनिबार राति भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। फ्रान्सका लागि अउरेलियन चुआमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डका लागि ह्यारी केनले गोल गरे। खेलको...
मोरक्काले पोर्चुगललाई हराउँदै कतारामा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्कोले पहिलो हाफमा गरेको १ मात्र गोल खेलमा निर्णायक बन्यो। योसँगै मोरक्को विश्वकपको सेमिफाइलनमै प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बनेको छ। क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए। उनले...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् । आज (शनिबार) दमौलीको बीपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए । उनले सङ्गठन सुदृढीकरण गर्न सकेको...
नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ। शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरुको बर्चस्व छ। समानुपातिकमा खसआर्य महिलातर्फ यशोदा रिमाल (लजमुङ) र देवका पहाडी (कास्की) छन् भने खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (बाग्लुङ) र प्रकाशबहादुर केसी (कास्की) छन्। त्यस्तै, आदिवासी जनजाति महिलातर्फ विनाकुमारी थापा (बाग्लुङ) र...
यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसीपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण पूरा भएको छ। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। समूह ‘बी’ बाट युएई ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा...
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन्। नेपालगञ्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमश: नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा...