हिक्मत वि.क., लक्ष्मी मगर र नयन मानन्धरले दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि हिक्मत विकले जितेका छन्। हिक्मतले निर्धारित ५० किलोमिटर दूरी ३ घण्टा १२ मिनेटमा पूरा गरी उपाधि जिते। ४० वर्षमुनिको पुरुषतर्फ ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सन्दीप सुन्दौली द्वितीय भए। त्यसैगरी, ३ घण्टा ४८ मिनेटमा निर्धारित...
शेरबहादुर देउवा ५ औं पटक नेपाली काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका छन्। बुधबार बिहान भएको काँग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन्। उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले पराजित गरेका हुन्। ८९ सदस्यीय काँग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५...
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ। प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा विभागीय नेपाल सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, अमेरिकाको बिवाइएस्सी, धरान फुटबल क्लबको टुंगो लागेको हो। क्लबले यसअघि...
एसियाली खाडी मुलुक कतारले सफलतापूर्वक आयोजना गरेको विश्वकप फुटबल सकिएपनि विश्वकप विजेता अर्जेन्टिना र कप्तान मेस्सीको चर्चा भने अझै सेलाएको छैन। विश्वकप फुटबलको इतिहासमा ३६ वर्षपछि अर्जेन्टिनाले उपाधिलाई घर भित्राएको छ। टोलीका कप्तान लियोनेल मेस्सी र उनका टिमले देशलाई विश्वकप जस्तो प्रतिष्ठित उपाधि दिलाएका छन्। उपाधि जितेसँगै लियोनेल मेस्सी सर्वकालीन महान फुटबलर बनेकमा छन्। सर्वकालीन...
१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ। लेखनाथस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ मूल नारा दिएर लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको संयुक्त आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको छ। स्टल निर्माणसँगै सजावटको काम भइरहेको छ। महोत्सवमा २३७ स्टल रहनेछन्।...
१८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा आज (सोमबार) १८ कविहरुले १८ कविता वाचन गरेका छन्। कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचना गरिएका १८ कविता १८ जना कविहरुले वाचन गरेका हुन्। कार्यक्रममा कवि शिरोमणि पौडेलले रचना गरेका कवितामध्ये कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्बस्मृति’, डा. इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवनसागर भण्डारीले ‘गौँथलीको चिरीबीरी’, अमृता...
पर्यटकीय सहर पोखरामा बिहीबार साइकल दौड र शनिबार ‘टुर दि पोखरा’ हुँदैछ। पोखरा महानगरपालिका कार्यालय मातहतको खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार ‘दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता’ को तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। जसमध्ये ३ विधामा हुने ५० किलोमिटर दूरीको साइकल दौडको तयारी गरिएको साइकल सिटी पोखराले सोमबार...
अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने। सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जिते। फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे। उनले कतार विश्वकपमा जम्मा ७ गोल गरेका छन्। आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले यसअघि सन् २०१४ को विश्वकप...
अर्जेन्टिना, तेस्रो पटक फिफा विश्वकप फुटबल च्याम्पियन बनेको छ। तेस्रो पटक विश्वकपको च्याम्पियन बनेसँगै उसले फिफा विश्वकप २०२२ को उपाधि उचालेको छ। एकपछि अर्को गोलको वर्षा भएको ‘थ्रिलर म्याच’को पेनाल्टी सुटआउटमा फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना नयाँ च्याम्पियन बनेको हो। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको ट्रफी घर भित्राएको हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर संसदमा रहेका २ वा २ भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्। ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा...