राष्ट्रिय

सम्पादक संवाद: ‘मिडियाले सामाजिक उत्तरदायित्व बढाउँ’
सामाजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा प्रेस काउन्सिल नेपालले ‘सम्पादक सम्वाद’ को आयोजना गर्‍यो। सम्वादमा संचारका विज्ञहरुले युट्युबसहित सामाजिक सञ्जालको पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने धारणा राखे । शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउन सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव समेत राखे। सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै...
नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी संचार माध्यम बनाइने मन्त्री शर्माको भनाई
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारण माध्यमका रुपमा विकास गरिने स्पष्ट पारिन्। नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...
सोसल मिडियाको दुरुपयोग भइरहेछ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताएका छन्। वीरगञ्जमा जारी प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोसल मिडियाको दुरुपयोग बढेको बताएका हुन्। ‘अहिले तपाईं हामीले देखेका छौ’, सोसल मिडियाबाट सकारात्मक सन्देशहरु प्रवाह हुन सक्छन, नकारात्मक सन्देशहरु पनि प्रवाह भइरहेका छन्’ उनले भने, ‘अहिले मुख्य रुपमा सोसल मिडियाको...
लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर: प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ। काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र पत्र–पत्रिकाहरु टिकाईरहन कठिनाई भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी...
‘युट्युब व्यवस्थापन’, काउन्सिलमा आचारसंहिता अभिमुखीकरण
प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण सुरु गरेको छ। बिहीबार संचारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा युट्युब संचालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री संप्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए। उनीहरूले डिजिटल माध्यममार्फत सूचना संप्रेषण कार्यमा सहयोग नभएको गुनासो गरे।...
‘भाषाको अन्योल हटाउन विशेष समितिको खाँचो’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्योल हटाउन विज्ञ संलग्न समितिको खाँचो रहेको बताएका छन्। त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ। प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार संचारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे...
प्रेस काउन्सिलको ऐन संसोधन गर्नुपर्छ: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संसोधन गर्नुपर्नेमा जोड दिएका छन्। काउन्सिलले शुक्रबार आयोजना गरेको पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताएका हुन्। नयाँ मिडियाले ल्याएको चुनौती समाधान गर्नका लागि उक्त ऐनका केही दफा संसोधन गर्न जरुरी रहेको औंल्याए। ‘डिजिटल प्लेट्फर्ममार्फत संचालित संचारमाध्यमको प्रभावकारी...
पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान
पत्रकारहरु आचार्य, शर्मा र बास्तोलालाई कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मान गरिएको छ। पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट अग्रज पत्रकारहरु सम्मानित भएका हुन्। पोखरामा आज (बुधवार) आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श...
‘ढाकछोप र बार्गेनिङ पत्रकारिता’ चल्दैन: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘ढाकछोप र बार्गेनिङ’को पत्रकारिता नचल्ने बताएका छन्। ‘सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएको छ’, उनले भनेका छन्, ‘पत्रकारिताको विकृतिका रुपमा ढाकछोप र बार्गेनिङ पत्रकारितालाई बढावा हुन नदिन काउन्सिलले सार्थक पहल गरिरहेको छ।’ बिहिबार काउन्सिलमा आयोजित पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। उनले नयाँ...
टिकटकले पठायो नेपाल सरकारलाई पत्र
सामाजिक सञ्जाल टिकटकले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर छलफल गर्न आग्रह गरेको छ। टिकटक प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको हो। टिकटकले पत्रमा स्वनियमनका मान्यताअनुसार अघि बढ्ने प्रस्ट पारेको बताइएको छ। मन्त्रालयको अनुसार टिकटकले पत्रमार्फत आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको हो। यसबारेमा सरकारले भने कुनै निर्णय गरेको छैन।...