राष्ट्रिय

पत्रकार बिना थापा र सुरज थापामाथि कुटपिट
समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले दुव्र्यवहार गरेका छन्। सार्वजनिक यातायातका चालकहरुले आफूहरुको आन्दोलन रहेको बताउँदै पत्रकारमाथि कुटपिट गर्नुको साथै पत्रकारहरुले प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेको निकृष्ट कार्यप्रति सर्वत्र विरोध भएको छ। पत्रकार महासंघको ध्यानाकर्षण पत्रकारमाथिको कुटपिट र पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण...
सरकारलाई असफल हुने छुट छैन: संचारमन्त्री गुरुङ
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गरिसक्नु भएको...
संचारमन्त्री पृथ्वीसुब्बा र अमेरिकी राजदुत थम्सनबीच भेटघाट
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्। त्यस अवसरमा राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको सुनाए। संचार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपूर्ण मन्त्रालय भएको...
गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रारको खोजी
गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार लागि आवेदन माग्ने तयारीमा छ। त्यसका लागि प्रदेश सरकारले एक समिति गठन गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका हुन्। समितिमा अग्रज पत्रकार रवीन्द्र बास्तोला सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका सचिव केशवराज ढकाल छन्। प्रदेश सचिव...
संचार मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण
नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संचार तथा सूचना, प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न आवश्यक रहेको औंल्याएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री गुरुङले संचार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदरसमेत गरेका छन्। उनले सूचना प्रविधिसम्बद्ध...
नयाँ मन्त्री मण्डलको संचारमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काँग्रेस–एमाले केपी ओली सत्ता साझेदार नयाँ मन्त्री मण्डलमा संचार, प्रविधि मन्त्री बनेका छन्। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारका प्रवक्तासमेत रहने गरी गुरुङ संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। नेकपा एमालेका पार्टी उपमहासचिव ०७९ को निर्वाचनमा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई गुरुङलाई हराउँदै लमजुङबाट प्रतिनिधि...
प्रेस काउन्सिल नै नबोले कसले बोल्छ ?
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका संचार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन्। उनले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/संचारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसंगतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताएका हुन्। प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’...
न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गर्दै
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको रहस्य खोलेका छन्। काउन्सिलको आयोजना र संचारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। अध्यक्ष बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले संचार माध्यमबीचको ठूलो...
‘आमसंचार र समावेशी पत्रकारिता’ पुस्तकमाथि परिचर्चा
पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसंचार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पुस्तकको परिचर्चा गरिएको हो। कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशिताको सैद्धान्तिक पक्ष तथा सरकारी संचार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाबारे तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताए। पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली...
सम्पादकको योग्यता पुनरावलोकनको तयारी
प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ। डिजिटलसहित विभिन्न संचार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यकदेखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। अध्यक्ष बस्नेतले मंगलबार नयाँ अनलाइन, युट्युब, संचार माध्यमका संचालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा यस्तो बताएका हुन्। ‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको...