राष्ट्रिय

नवनिर्वाचित सांसदहरुले लिए सपथ, ४ सांसद अनुपस्थित
प्रतिनिधि सभाका २७० सांसदले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्। सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन्। जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। सपथ ग्रहणमा ४ सांसद अनुपस्थिति भएको संसद् सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार उनीहरुको सपथ पछि हुने...
राष्ट्रपति भण्डारीद्वारा सरकार गठन गर्न आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले ७ दिनको समय दिएर संसदमा रहेका २ वा २ भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्। ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा...
प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन आयोगमा आज (आइतबार) आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन्। समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरे। प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन्।...