राष्ट्रिय

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिदैँ
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्न व्यवस्था मिलाउन लागिएको जनाएको छ। आज (शुक्रबार) आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न ५ विषयमाथि छलफल भएको छ। बैठकमा राजनीतिक दलसँग आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन प्रारम्भ गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।...
सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
मनसुन भित्रिन ढिला हुँदा तराईमा तातो हावा अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवन प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका २ र पूर्वका ३ जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको जनाएको छ। ती जिल्लामा ४१ डिग्री...
श्रीइच्छा प्रधान बनिन् २०२३ को नेपाल सुन्दरी
श्रीइच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को ताज पहिरिन सफल भएकी छन्। गोदावरीस्थित सनराइज सम्मेलन हलमा आज (शनिबार) आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। श्रीइच्छाले २४ जना प्रतिस्पर्धीमध्ये बाँकीलाई पछि पारिन्। अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिरिदिइन्। १२ सहविधामा उपाधिहरु बाँडिएको थियो। २३ वर्षीया श्रीइच्छाले ‘फेस अफ द इयर’...
उपचुनावः बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र विजयी
प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी बनेका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार...
उपचुनावः चितवन–२ बाट रवि लामिछाने विजयी
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्। वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले...
उपनिर्वाचन: तनहुँ –१ को मतगणनास्थलमा सीसीटिभी जडान
तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो। मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सीसीटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार २ वटा कोठामा मतगणना गरिनेछ। मतगणनास्थल निर्माणका...
उपनिर्वाचन: मध्यरातदेखि मौन अवधि सुरु
उपनिर्वाचनमा हिँजो (बिहीबार) मध्यरातदेखि मौनअवधि सुरु हुने भएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो। वैशाख १० गते (आइतबार) हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचार–प्रसार सकिएको छ। निर्वाचन कानुनअनुसार मतदान हुनुअघिको ४८ घण्टाको समयलाई मौन अवधि मानिने व्यवस्थाअनुसार बिहीबार दल तथा उम्मेदवारहरूले अन्तिम तथा निर्णायक प्रचार–प्रसार गरेर आफ्नो चुनावी अभियानलाई...
उपनिर्वाचन : तनहुँ–१ मा मतदान अधिकृतहरु तोकियो
तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि १ सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो। नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज (वैशाख ५ र ६) गते...
उपनिर्वाचन: आजदेखि आचारसंहिता लागु, क–कसलाई लाग्छ?
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (शुक्रबार) बाट आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका अनुसारआजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ। क–कसलाई लाग्छ आचारसंहिता ? (क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग) संवैधानिक निकाय र सो...
तनहुँ–१ को उपनिर्वाचनमा ९ जनाको उम्मेदवारी दर्ता
तनहुँ–१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। आज (सोमबार) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ वटा दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्। मंसीर ४ गते भएको निर्वाचनमा निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि वैसाख १० गते तनहुँ–१ मा उपनिर्वाचन...