अर्थ–बजार

नेप्से परिसूचक २७.५४ अंकले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले ओरालो लागेको छ। नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा पुगेको छ। यस दिन नेप्सेमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर...
२४ औं पोखरा सडक महोत्सवको तयारी
पोखरामा यही पुसको १३ गतेदेखि १७ गतेसम्म २४ औं संस्करणको सडक महोत्सव हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान, पोखरा)ले ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्ने भएको हो। ‘पुसको १३ देखि १७ सम्म पोखराको लेकसाइडमा करिब ३ किलोमितर क्षेत्रमा महोत्सव हुदैछ, ५ दिनसम्म संचालन हुने मेलामा फिस्टेल, गेटदेखि खहरेचोक हुँदै...
ढकिया बनाउँदै संगम सहकारीका दिदिबहिनीहरु
पोखरा–१५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायमा रहेका दिदिबहिनीहरुलाई ढकिया बनाउने तालिम दिएको छ। ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई समेत आत्मसाथ राखी संस्थाका सेयर सदस्य भएका र नभएका दुबै बर्गलाई समेटी ६ दिने हस्तकला तालिम संचालन गरेको हो। शिक्षा उपसमितिको पहलमा संस्थाकै हलमा भएको उक्त तालिमको समापन कार्यक्रममा...
 लेखनाथ महोत्सव पुसको पहिलो सातादेखि
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि १८ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ। पहिलो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा संघले पुस ७ देखि १८ गतेसम्म पोखरा २७ को तालचोकमा १८ औं संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराएको हो। कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले...