Main News 2

“हिमाल जोगाऔं, पृथ्वी बचाऔं” कार्यक्रम न्युयोर्कमा सम्पन्न
 न्ययोर्क । पर्वते खेलकुद संघ न्यूयोर्क र साथसाथै संस्थाको संयुक्त आयोजनामा “हिमाल जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मुख्य उद्देश्यका साथ एक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी...
जुत्ता व्यवसायी संघ कास्कीको साधारण सभा सम्पन्न
पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको आठौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ८ का वडा अध्यक्ष रूद्रनाथ बरालले एउटा व्यवसायीक संस्थाले आफ्ना सदस्यहरुको हक हितको लागि धेरै राम्रो काम गरेकोमा बधाई दिदै आगामी दिनमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका थिए । कार्यक्रममा जुत्ता व्यवसायी...
फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र...
इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार
पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो । प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी...
वैवाहिक वर्षगाँठमा गरे डाक्टर दम्पतीले ४ लाख सहयोग
पोखरा । फेवासिटी हस्पिटलका संस्थापक तथा प्राध्यापक डाक्टर बुद्धिबहादुर थापा र श्रीमती हरि थापाले आफ्नो ५१ औँ वैवाहिक वर्ष गाँठको अवसरमा पोखरा २५ मा रहेको मानव सेवा आश्रममा शनिबार सहयोग गरेका छन् । मानव सेवा आश्रमको निर्माणधीन भवनमा एक कोठा बनाउन थापा दम्पतिले ४ लाख सहयोग गरेका हुन् । कार्यक्रममा डाक्टर थापाले हरेक वैवाहिक वर्ष...
पोखराको न्युरोड क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुुभारम्भ गरेका हुन । सो अवसरमा वोल्दै  प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी...
बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ
स्याङ्जा । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै...
कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण
पोखरा । कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण प्रसाद आचार्य चयन भएका छन् । सङ्घको शनिवार सम्पन्न एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा शारदा भुजेल बराल, द्वितीय उपाध्यक्षमा महेन्द्र पौडेल, महासचिवमा प्रकाश बराल  चयन भएका छन् । सचिवमा सोवित कुमार थापा, कोषाध्यक्ष र सहकोषाध्यक्षमा...
माछापुच्छ्रे  अध्यक्ष कप भलिबल  उपाधि गलकोटलाई, महिलातर्फ शान्ता ट्रेनिङ बिजेता
पोखरा। माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत बनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र पायो ।उक्त फाइनल...
चापापानी सिद्धार्थ सहकारी संस्थाको प्रशिक्षण सम्पन्न
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै...