Main News 2

जेनजीकाे प्रदर्शन
काठमाडौंमा भएको प्रदर्शनमा गोली चल्दा १४ जनाको मृत्यु
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएको जेनजीको प्रदर्शन क्रममा काठमाडौंमा १४ जनाको मृत्यु भएको छ । जेनजीको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नियन्त्रणमा लिनको लागि रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण...
मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना...
चापापानी सिद्धार्थ सहकारी संस्थाकाे साधारणसभा सम्पन्न
पोखरा । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ अौ साधारणसभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले अहिले अवस्थामा सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न...
पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न
पोखरा । कलम बचत तथा ऋण सहकारी संस्था तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको सहकार्यमा पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको परिसरमा पुस्तकालय स्थापना तथा पुस्तक हस्तान्तरण कार्यक्रम भएको हो । राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर स्थापना गरिएको पुस्तकालयले...
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक
काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो । सरकारले राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ । यसैगरी, सत्य निरुपण...
मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै
तनहुँ।  मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना(पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न...
भारतले  उपहार दिएको ‘रोहित’ नामको मुर्रा राँगा पोखरामा मर्‍याे 
पोखरा । भारतले नेपाललाई उपहार दिएको मुर्रा जातका राँगामध्ये एक मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय छिनेडाँडामा राखिएका ७ मुर्रा राँगा मध्ये रोहित नामक राँगा गत साउन ३० गते मरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी भएको राँगा उपचारका क्रममै मरेको हो । गत साउन १७ गतेदेखि बिरामी परेको...
हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वः प्रदेश प्रमुख
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज) महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताउनुभएको छ । तीजका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा...
म्याग्दीको अन्नपूर्ण गापास्थित दाना ३ को क्षेत्री समाज नेपाल अध्यक्षमा सुवेदी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ स्थित दानामा भएको भेलाले क्षेत्री समाज नेपाल अन्नपूर्ण दाना ३ को नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले दुर्गादत्त सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी बरुवाल खत्री, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा गीता जिसी सुवेदी, कोषाध्यक्षमा पशुपति जिसी, सहकोषाध्यक्षमा लीला केसी चयन हुनुभएको...
एमाले वडा कमिटी पोखरा–५ को नयाँ भवन उद्घाटन, तीज विशेष कार्यक्रम सम्पन्न
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले आफ्नो नवनिर्मित कार्यालय भवनको उद्घाटनसहित हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । नयाँ भवनको उद्घाटन एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभाका पूर्व सदस्य राजिव पहारीले गर्नुभयो । पहारीले करिब १५ वर्षका लागि भाडामा लिइएको मालेपाटनस्थित जग्गामा बनेको भवनले पार्टी गतिविधि व्यवस्थित र चुस्त...