Main News 2

बहुमूल्य ढुंगा दिने भन्दै १३ लाख ५० हजार ठगी आरोपमा ३ पक्राउ
पोखरा । करोड पर्ने बहुमूल्य ढुंङ्गा दिन्छु भनी १३ लाख ५० हजार ठगी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा छोरेपाटन बस्ने वर्ष ३१ की ईन्दिरा बिक, सोही ठाउँ बस्ने वर्ष ३६ को राजन बिक र खोटाङ हलेसी...
पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा, राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७१औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तलन तथा सम्मान कार्यक्रम गरेको छ । संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन तथा कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सवमा सयोग गर्ने सरकारी निकायहरू विभिन्न संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई सम्मान गरिएको...
सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा
पोखरा ।  सडन डेथमा एनआरटी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र सडन डेथमा पुगेर सकिएको थियो । टाइब्रेकरमा...
प्रेस चौतारी कास्की अध्यक्षमा मोतिसागर अधिकारी चयन
पोखरा । नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । यसअघि संगठनको कार्यवाहक अध्यक्ष रहेका अधिकारीले अध्यक्षको जिम्मेवारी सर्वसम्मत प्राप्त गरे । समिति उपाध्यक्षमा...
नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायी महासंघ गण्डकीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
पोखरा। नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायी महासंघ गण्डकीले स्याङ्जाको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । महासंघ गण्डकीले सोमबार १२ औं रास्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसर पारेर स्याङ्जाको आँधीखोला– ५ स्थित प्रधुम्न पनेरु मा।बि।लाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । आँधीखोला गाउँपालिका प्रमुख विश्व पौडेल, प्रधुम्न पनेरु मा।बि। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष...
अमेरिकी डलरको भाउ उकालो लाग्यो
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको...
मादी गाउँपालिकामा सोंथर बेँसी टारी बजार मेला हुने
पाेखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ र २ गते तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला हुने भएको छ । सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन...
सवारी दुर्घटनामा छ महिनामा तनहुँमा ३८ जनाको मृत्यु
तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँ जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।...
गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५–२३...
पाेखराको व्यापार मेला सकियो
पोखरा । पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन भएको मेला १० दिनसम्म चल्यो । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोवाइल बितरक संघले...