Main News 1

 गण्डकीसहित चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना
पोखरा ।  पश्चिमी वायुको सामान्य प्रभावका कारण  गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने...
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको च्यारिटी डिनरमा उठ्यो ४ लाख १७ हजार
पोखरा ।   कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पहिलो पटक हामीले च्यारिटी डिनर...
आहारारा गोल्डमा पाहुना टोली नर्थ युनाइटेड भारत विजयी
पोखरा । आहारारा पोखरा गोल्ड कपमा पाहुना टोली थुन्डेरबोल्ट नर्थ युनाइटेड भारतले संकटा क्लबलाई ३—१ गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको खेलमा नर्थ युनाटेडका टाला, करण राई र आदर्श तामाङले एक/एक गोलको योगदान दिनुभयो । खेलमा संकटा क्लबका मनिष पौडेलले खेलको १७ औं मिनेटमा गोल गर्नुभएको थियो । खेलमा...
तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा...
कास्कीकाे अन्नपूर्णमा घान्द्रुक पर्यटन महोत्सव हुने
पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए । मेश्रम बराह...
आहा ! रारा पोखरा गोल्ड कप आजदेखि
पोखरा । २४ ‌औं आहा ! रारा पोखरा गोल्ड कप आजदेखि पोखरामा सुरु हुँदैछ ।  पोखरा रंगशालामा सुरू हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ३ विदेशी, ८ ए डिभिजनका क्लब,...
सात खर्ब ६३ अर्ब बराबरको विप्रेषण भित्रियो
काठमाडौं ।  चालु आर्थिक वर्षको छ महिनामा रु सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण...
स्वरूप परिवर्तन गरिएका ४७ वटा सवारी साधन नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सञ्चालन गरिएको जाँचका क्रममा स्वरूप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। यी सवारी साधनहरू समाजमा अत्यधिक आवाज उत्पादन गरी ध्वनि प्रदूषण फैलाउने अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीका...
टाइगर कप भलिबलमा फाइनल खेल आइतबार हुने
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो । आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक...
आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइलनमा प्रवेश
पोखरा  । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५...