विश्व फुटबल महारथी अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति भएको नकआउट चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनल चरणमा स्थान बनाएको हो। कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। कतारको अहमेद अलि बिन रंगशालामा शनिबार राति भएको खेलमा लियोनल...