Main News 1

आहा ! रारा पोखरा गोल्डकप फुटबलको तयारी पूरा
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। पोखरा रंगशालामा संचालन हुने प्रतियोगिता पुस १४ देखि २३ सम्म आयोजना हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक सहारा क्लबसहित विभागीय साविक विजेता एपीएफ क्लब,...
काथेरेन्यो र गण्डकीको मैत्रीपूर्ण फुटबल खेल तयारी पूरा
स्पेनिस फुटबल टोली काथेरेन्यो र गण्डकी–११ को पोखरामा भोली (बुधबार) हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ। आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको ‘बी’ डिभिजनको काथेरेन्यो क्लव र गण्डकी–११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको जनाएको हो। पोखरा रंगशालामा बुधबार दिउँसो २:३० बजे पछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको...
पोखरा आइपुग्यो स्पेनिस फुटबल टोली काथेरेन्यो
स्पेनिस फुटबल टोली काथेरेन्यो मैत्रीपूर्ण फुटबल खेलका लागि आज (मंगलबार) पोखरा आइपुगेको छ। उक्त मैत्रिपूर्ण फुटवल खेल ‘शान्तिको लागि फुटबल’ भन्ने मूल नारासहित पोखरामा आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि आज बिहान ५५ जनाको स्पेनिस जम्बो टोली पोखरा आइपुगेको हो। काथेरेन्यो टोली काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै पोखरा आई पुगेको हो। स्पेनिस फुटबल टोली काथेरेन्यो...
८ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन्। यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन्। अर्थमन्त्री पौडेलले यसअघि...
नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (सोमबार) प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित थिए। नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिएका छन्। तेस्रो पटक प्रधानमन्त्री भएका दाहाल...
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मंसीर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनैपनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि २ वा २ भन्दा बढी...
प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यक्ष प्रचण्डले सो दाबी पेस गरेको सचिवालयले जनाएको छ। अध्यक्ष प्रचण्डले एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी ७ दलको सहमतिमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। यस्तै,...
खगराज अधिकारी, एमाले गण्डकी संसदीय दलको नेता
नेकपा एमाले संगठन विभाग प्रमुुख खगराज अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएका छन्। नेकपा एमाले प्रदेशसभा सदस्यहरूको आज (आइतबार) बसेकोे बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। अधिकारी, कास्कीको निर्वाचन क्षेत्र नं १ को गण्डकी प्रदेशसभा (१) बाट निर्वाचित सदस्य हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमानलाई आज (आइतबार) अवतरण गरिएको छ। सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमानलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। यहाँ, सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ। युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय...
‘क्रिसमस डे’, क्रिश्चियन धर्मालम्बीले धुमधामसँग ‘इभ’ मनाउँदै
आज अंग्रेजी क्यालेन्डर डिसेम्बर महिनाको २५ तारिक अर्थात ‘क्रिसमस डे’। क्रिश्चियन धर्मालम्बीले आज धुमधामसँग ‘क्रिसमस डे’ को ‘इभ’ मनाउँदैछन्। उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ। हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन्। २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या...