Main News 1

सुरु भयो यस वर्षको एसईई परीक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आज (शुक्रबार)देखि शुरु भएको छ। देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परिक्षा संचालन भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशभरका ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका ५ लाख...
आजदेखि एसईई परीक्षा
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका ५ लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८०...
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७९ मंसीरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (शुक्रबार) सोल्टी होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। कुल जनसंख्यामध्ये पुरुषको संख्या १ करोड...
पोखरामा कार्टुनिष्ट वात्सायनको नागरिक अभिनन्दन र रथारोहण
पोखरामा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई नागरिक अभिनन्दनसहित रथारोहण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा बराल ८० वर्ष पूरा भएको अवसरमा आज (शनिबार) उनको रथारोहणसहित अभिनन्दन गरिएको हो। कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो। पोखरामा जन्मिएर...
तस्बीरमा लिगलिगे साइकल दौडको झलक (फोटोफिचर)
विगतमा जस्तै यो वर्ष पनि गोरखाको पालुङ्टारमा लिगलिगे साइकल दौडको आयोजना गरियो। आज (शनिबार) आयोजना गरिएको साइकल दौडमा करिब १०० जना साइक्लिस्टहरुले प्रतिस्पर्धा गरे। साइकल दौडमा भने ३ विधामा प्रतिस्पर्धा भएको थियो। मेन्स इलाइट, मेन्स मास्टर र स्थानीय गरेर सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। करिब ५३ किलोमिटर लामो माउन्टेन बाइक रेसमा सहभागी हुन व्यावसायिक साइकल रेस...
हिमालले जिते लिगलिगे साइकल दौडको उपाधि
हिमाल टमटाले गोरखाको पालुङ्टारमा आयोजना गरिएको लिगलिगे साइकल दौडको उपाधि जितेका छन्। उक्त स्पर्धामा अच्युतकृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भए। आज (शनिबार) लिगलिगकोटबाट सुरु हुने यस साइकल प्रतियोगिता गोरखा र लमजुङको विभिन्न क्षेत्रसम्म पुगेको थियो। सहभागीले पालुङ्टारकै आपँपिल, हर्मी भञ्ज्याङ, कोयापानी र रिपगाउँ हुँदै पाथीभरा, भण्डारथोकबाट चेपे खोला तरेर लमजुङको गरमबेशीसम्म पुगेर पालुङ्टार...
जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित
नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। आज (शुक्रबार) उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारसहित उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाएका हुन्। यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी...
तस्बीरहरुमा पोखरा महानगरको स्थापना दिवस (फोटो फिचर)
पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवस भव्यताका साथ मनायो। महानगरपालिकाले (आइतबार) नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सव मनाएको हो। महानगरले विभिन्न सम्मान तथा विविध कार्यक्रमसहित आफ्नो स्थापना दिवस मनाएको हो। यसअघि, पोखराको मानवअधिकार चोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरिएको थियो। महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाई तथा कर्मचारी र जनप्रतिनिधिबीच...
पहिलो वर्ष, आधार वर्ष, पूर्वाधारको वर्ष: मेयर आचार्य
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको बताएका छन्। पोखरा महानगरको सातौं स्थापना वर्ष गाँठको अवसरमा प्रमुख आचार्यले भने, ‘महानगरपालिकालाई समुन्नत बनाउने तय गरिएको छ। यस सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको छ।’ बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको मेयर आचार्यले सुनाए। उनले भने, ‘यसको...
जनताको सर्वोपरि हितलाई ध्यान देउ: प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिएका छन्। पोखरा महानगरको सातौं स्थापना दिवस अवसरमा पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भनेका छन्, ‘संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ। नगरपालिकाले नीति बनाउन सक्छ,...