Main News 1

लेक लागेर मनाङमा २ भरियाको मृत्यु
मनाङ । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको क्वहोलासोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ । लेक लागेर बिरामी भएका गुरुङको हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको...
कास्कीमा अवैध पट्का बरामद, खाल्डो खनेर नष्ट गरियो
पोखरा।तिहार पर्व नजिकिँदै गर्दा कास्की जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पट्का पड्काइएका घटनाबारे प्राप्त जनगुनासोका आधारमा प्रहरीले विशेष निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानका क्रममा विभिन्न स्थानबाट विभिन्न प्रकारका पट्का बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको पट्का खाल्डो...
धारिलो हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई युवक पोखरामा पक्राउ
पोखरा  । धारिलो हतियार देखाई जर्मन नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ असोज २ गते बिहान करिब ९ बजेर १० मिनेटतिर पोखरा महानगरपालिका–२२ अनदु जंगलको सार्वजनिक स्थानमा जर्मनीका ६७ वर्षीय एन्स पिटर मार्टिन (ANS PETER MARTIN) एक्लै हिँडिरहेको अवस्थामा दुई जनाले...
देशभर नै पानी पर्ने सम्भावना
पोखरा । देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका...
नारायणगढ–मुग्लिन सडक अनिश्चितकालीन बन्द, जोखिम मूल्याङ्कनपछि मात्रै खोलिने
काठमाडौँ ।नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । चितवनको तुइन खोला आसपासमा निरन्तर ढुंगा खस्ने र पहिरो जाने क्रम नरोकेकाले अर्को सूचना नआएसम्म सवारी सञ्चालन रोकिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले पहिरो पन्छाउन समेत सम्भव नभएकाले सडक बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी...
आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न विपद् प्राधिकरणको अनुराेध
काठमाडौँ  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट...
एमाले निकटको युवा संघकाे चेतावनी : केपी ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी सरकारलाई दिएकाे छ। युवा संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार प्रेस विज्ञप्ति निकालेर यस्ताे चेतावनी दिएका हुन्। विज्ञप्तिमा आफ्नो स्थापनाकाल देखि नै निरन्तर लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा दृढतापूर्वक पहरेदारी गर्दै आएको उल्लेख छ...
भारतको तमिलनाडुमा र्‍यालीमा भागदौड मच्चिदा ३६ को मृत्यु, ४० घाइते
नयाँदिल्ली । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । मृतकमध्ये आठ जना बालबालिका रहेका छन् । राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएको हो । र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु  करुर जिल्लामा...
कास्की प्रशासनले नयाँ नागरिकतासहित थप सेवा सुरु गर्ने
पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले तोडफोड, आगजनी र लुटपाटका कारण क्षतिग्रस्त कार्यालयमा आवश्यक मर्मतपछि थप सेवा सुचारु गर्ने भएको छ। कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, मिति २०८२ साउन २४ गतेको घटनापछि आंशिक रूपमा केही सेवा मात्र प्रदान गर्दै आएकोमा, मिति २०८२ भदौ २९ गतेदेखि सुरु गरिएका सेवासँगै असोज ८ गतेदेखि नयाँ सेवा विस्तार गर्न लागेको...