Main News 1

प्रधानमन्त्री केपी ‌ओलीको चीन भ्रमणको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ। नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र...
राजनीति
सहकारी ठगीमा दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ : ईश्वर पोखरेल
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए...
पोखराको कञ्चन सहकारीको अध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ को कञ्चन बचत तथा ऋण सहकारी संस्थाको आज भएको छैठौं अधिवेशनले कृष्णप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा गायत्री भुर्तेल, सचिवमा माधवप्रसाद बराल, कोषाध्यक्षमा केशवप्रसाद कोइराला निर्वाचित भए । कार्यसमिति सदस्यमा रामजी पौडेल, महेश्वर बराल, दीपक बराल, रामेश्वर कोइराला, अञ्जली खत्री, श्रीधरी दवाडी र...
कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
काठमाडौं ।  वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आज हुँदैछ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने  कार्यक्रम छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर...
सहकारीमा देखिएका समस्या समाधान गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिने
काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायाधीकरण गठन हुने बताएका छन् । मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाए । सहकारीको तरलताको समस्या समाधानका...
एक सय दिनमा शिक्षा मन्त्रालयका महत्वपूर्ण ४२ उपलब्धि सार्वजनिक
काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १ सय  दिनको कार्य उपलब्धि बिहीबार सार्बजनिक गरिन् । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग १ सय दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी थिइन् । मन्त्री भट्टराईले आफ्नो १ सय दिनका विभिन्न ४२ बुँदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर...
तीन गुणा चाँडो बिरुवा हुर्काउने प्रविधिको सफल परीक्षण
पोखरा । वन डढेलो तथा पहिरो नियन्त्रण र हरित सहरका लागि गण्डकीमा पहिलोपटक जापानी मियावाकी प्रविधिको सफल परीक्षण गरिएको छ । यो प्रविधिबाट वृक्षरोपण गर्दा रैथाने जातका बोटबिरुवालाई नै अरुबेला भन्दा ३ गुणा चाँडो हुर्काउन सकिन्छ र १० गुणा बढी घना जंगल बन्छ । पहिलो चरणमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा यो प्रविधि अन्तर्गत वृक्षरोपण गरिएको हो...
पाेखराको एभरेस्ट एफएमको आकस्मिक रक्तदान शनिबार
पोखराको प्रर्स्याङमा रहेको एभरेस्ट एफएमले आगामी शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ । पोखरामा रगतको अभाव भएपछि एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म चल्ने एफएमले जनाएको छ । चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा...
कास्कीमा वार्षिक ४० हजार युनिट रगत आवश्यक
पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लबद्धारा संयुक्त रुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ । बढ्दो डेंगी रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आह्वानमा अपरझट रक्तदान कार्यक्रमको...
गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । मधेश प्रदेश,बगमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक...