Main News 1

अरब मरुभूमिमा पहिलोपल्ट हिमपात
इतिहासमै पहिलो पटक साउदी अरेबियामा भारी वर्षा र हिमपात भएको छ। साउदी अरेबियाको अल–जाफ मरुभूमिमा पहिलोपटक हिमपात भएको हो। त्यहाँ भएको यो अनौठो मौसमी घटनाले सबैलाई आश्चर्यचकित पारेको छ। हिमपातपछि अल–जाफ मरुभूमि चिसो भूमिमा परिणत भएको त्यहाँका समाचारमाध्यमले जनाएका छन्। गत सातादेखि नै साउदी अरेबियाले असामान्य मौसमको सामना गरिरहेको थियो। अघिल्लो बुधबार अल–जाफका केही भागमा...
पोखरा महानगरमा एमालेका जनप्रतिनिधिको धर्ना, धकेलाधकेलमा नगर प्रहरी घाइते
पोखरा । पोखरा महानगरपालिका कार्यालयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले धर्ना दिएका छन् । गत कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले २८ जना महानगरका करार कर्मचारीलाई हटाउने निर्णय गरेपछि जनप्रतिनिधिले त्यसको विरोध गरेका हुन् ।जनप्रतिनिधिको धर्ना कार्यक्रममा कर्मचारीका संघ संगठनले पनि साथ दिएका छन् । जनप्रतिनिधिहरुले कुनै छलफल र सल्लाह नै नगरी गरिएको निर्णय खारेज हुनुपर्ने माग...
नेपाल र स्कटल्यान्डको खेल वर्षाले रद्द
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत  नेपाल र स्कटल्यान्डको खेल  रद्द भएको छ ।  अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा खेल   रद्द भएपछि नेपालले अंक बाँडेको छ । टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि ...
गण्डकी र वागमतीका केही स्थानमा वर्षाको सम्भावना, पाेखरामा असिना पानी
पोखरा । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको  पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ...
विश्वकप लिग–२ क्रिकेटमा  अमेरिकासँग नेपाल पराजित
काठमाडौं । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग  पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव...
शुक्रबार तिहारको कुनै पर्व छैन, गाई पूजा भोलि
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । औंसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औंसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको...
पोखरामा ५ हजार कुकुर दर्ता
पोखरा । पोखरा महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया थालेको छ । महानगरपालिकामा  हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे । दीपावलीको...
आइसिसी विश्वकपमा नेपालसँग स्कटल्यान्ड ५ विकेटले पराजित
पोखरा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एक दिवसीय खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए ।...
तिहारमा स्वदेशी फूलको प्रयोग गर्न गण्डकीका कृषि मन्त्री श्रेष्ठको आग्रह
पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबारदेखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं...
लागू औषधसहित पोखरामा २ जना  जना  पक्राउ
पोखरा । पोखरामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण ब्युरो  कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१२ परिवार नियोजनको कार्यालय अगाडि सवारी जाँच गर्दा  पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २७ को डा. शास्वत कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनले चलाई ल्याएको  कारमा...