Main News 1

प्रेस काउन्सिललाई विज्ञ समूहले सुझाव दियो
पत्रकार आचारसंहिता अनुगमन तथा सुधार गर्न प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले प्रतिवेदन बुझाएको छ। असार १९ गते गठित कार्यदलले १० दिन भित्रमा आइतवार सुझावसहितको प्रतिवेदन बुझाएको हो। समूहका सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमनलगायतका विषयमा विस्तृत सुझाव दिइएको...
प्रेस काउन्सिलले बनायो विज्ञ समूह
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लंघनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ। बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ। दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। बस्नेत सञ्चारीका समूहकी पूर्व अध्यक्ष हुन्। छापा र प्रसारणसँगै डिजिटल...
८० पत्रकारलाई डिजिटल पत्रकारिता तालिम
काठमाण्डौंमा एक साता लामो पत्रकारिता तालिम सुरु भएको छ। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले ८० जनालाई डिजिटल पत्रकारिताको तालिम को हो। डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम दिन प्रारम्भ गरेको हो। तालिमका लागि करिब १ सय ५० भन्दा बढी निवेदन...
बागलुङको ताराखोलामा असारे मेला सुरु
बागलुङको ताराखोलामा आज (मंगलबार) देखि  यस वर्षकोअसारे मेला सुरु हुँदैछ। ‘भौगोलिक तथा जातीय विविधता, कला संस्कृति, खेलकुदको संवद्र्धनमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित परम्परागत रुपमा मनाउँदै आएको असारे मेला संचालन हुने भएको हो। ताराखोला गाँउपालिका वडा ५ स्थित असारे युवा क्लबले आज (मंगलबार, असार १९) देखि २४ गतेसम्म बिबिध प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मेलाको...
पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सव
पोखरामा यस वर्ष पनि रोपाइँ महोत्सवलाई निरन्तरता दिइएको छ। १८ वर्षदेखि निरन्तर पोखराका फरक–फरक क्षेत्रमा असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखराको कसेरी फाँटमा गरिएको हो। स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो। पर्यटनको ‘अफसिजन’ मानिने वर्षायाममा पनि विदेशी पाहूनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम...
मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका माननीय...
पोखरा महानगरले पत्रकार कल्याणकारी कोष संचालन गर्दै
पोखरा महानगरपालिकाले पत्रकार कल्याणकारी कोष संचालनको कार्यक्रम ल्याउने भएको छ। पोखरा महानगरपालिकाको १३ औँ अधिवेशनमा यस्तो उल्लेख गरिएको छ। पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्की शाखासँग सहकार्य र साझेदारी गरी पत्रकार कल्याणकारी कोष संचालन गर्ने भएको हो। कामको शिलशिलामा दुर्घटना वा बिरामी भई उपचारमा समस्या परेका बखत श्रमजीवी पत्रकारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने गरी कल्याणकारी...
सिचुवानको टोली बन्यो ड्रागन बोट रेस च्याम्पियन
नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ। पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो। २ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो। त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको...
ड्रागन बोट रेसमा पहिलो खेलबाट ४ टिम फाइनलमा
चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्। आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ। आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्। सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह...
पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ। पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो। चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी...