Main News 1

पृथ्वी राजमार्गको छिर्कन-देउराली सडक गएराति ११ बजेदेखि बन्द 
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँमा पर्ने छिर्कन–देउराली सडक खण्ड गएराति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द भएको छ । राति १ बजेदेखि साढे १ बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म...
पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डालाई समावेश गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारसँग प्रस्ताव गरेको छ । क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल पोखरामा निर्माण गर्ने एजेन्डा समावेश गर्न प्रस्ताव गरिएको हो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को...
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
पोखरा ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।...
आर्थिक गतिविधि सुस्ताउनुमा राष्ट्र बैंकको मौद्रिक नीति दोषी : पूर्वगभर्नर नेपाल
पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्,...
एक महिनामा ४८ फरार प्रतिवादी पक्राउ, १ करोड २ लाख जरिवाना असुल गर्न बाँकी
पोखरा । कास्की प्रहरीले एक महिनाको अवधिमा ४८ जना फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कात्तिक १ गतेदेखि ३० गते सम्म उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुसमेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी...
गण्डकीमा  १८ हजारमा डेंगी संक्रमण, आठ जनाको मृत्यु
पोखरा ।  गण्डकी प्रदेशमा डेंगी संक्रमणबाट  गत साउनदेखि अहिलेसम्म ८ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार  यस वर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९...
पूर्णबहादुरको सारंगी बन्यो सर्वाधिक कमाउने चलचित्र
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा र २७ करोड संकलन गरेको जानकारी दिए । उनले चलचित्रले मंगलबारसम्म  रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताए ।  नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल...
गण्डकी प्रदेश सांसद विमला गौचनको निधन
पोखरा ।  गण्डकी  प्रदेश  सांसद विमला गौचनको निधन भएको छ ।  ६३ वर्षीया  उनको बुधबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको  प्रदेश सांसद सरस्वती गुरुङले जानकारी दिइन् । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन्...
गण्डकीसहित ३ प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाखाशाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  कोशी, बागमती...
किसानको हितलाई ध्यान दिएर सेवा दिन कृषि मन्त्री श्रेष्ठको निर्देशन
पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई ध्यानमा राखेर सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोबलका साथ सेवामा खटिइन उनले निर्देशन दिएकी हुन् । मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१÷०८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रममा...