Main News 1

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको...
रवि लामिछानेको सांसद पद निलम्बन
पोखरा । प्रतिनिधि सभा सदस्य रवि लामिछाने सम्पत्ति शुद्धीकरणको आरोपमा निलम्बित भएका छन् । कास्की जिल्ला अदालतमा दायर मुद्दामा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार कुनै राष्ट्रसेवक वा संगठित संस्थाको पदाधिकारी वा कर्मचारीमाथि यस्तो मुद्दा दायर भएमा उनी स्वतः...
पोखरा-४ गणेशटोलमा यःमरी महोत्सव हुँदै
पोखरा । पोखरा महानगरपालिका वडा नं.४ गणेश टोलमा यहि पुस १३ गते शनिवार ‘पाँचौ यःमरी महोत्सव तथा साँस्कृतिक कार्यक्रम’ हुने भएको छ । नेवारी समुदायले विषेश रुपमा मनाउने योमरी पुन्य अर्थात धन धान्य पुर्णिमाको अवसर पारेर पोखरा महानगरपालिका वडा नं.४ को आयोजनामा महोत्सव हुन लागेको हो । वडाभित्र रहेका कला र संस्कृतिको संरक्षण र आन्तरिक...
बाजुरामा पाँच रेक्टरको भूकम्प
बाजुरा ।  बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।...
सुनका गरगहना चोरी गरी फरार ३ जना  पक्राउ 
पोखरा । चोरी गरी फरार रहेका ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा न.३१ बेगनास गैह्राघर बस्ने वर्ष ७९ का वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारीले धारिलो हतियार खुकुरी देखाई निजको श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी सुनका गरगहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ रिसिंङ गा.पा. वडा नं. २...
हिरासतमा रवि लामिछाने सुतेको फोटो फेक, अनुसन्धान गर्दै प्रहरी
पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको भनिएको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । फोटो पोष्ट गर्दै रास्वपाका नेता कार्यकर्ताले कास्की प्रहरीले रविको गोपनियता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन भने कतिपयले कास्की प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । रवि विरोधी मान्छेहरुले...
पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुख
पोखरा । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेको बताए । संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न...
सोनाम ल्होसारको अवसरमा मिस तामाङ पोखरा हुने
पोखरा । सोनाम ल्होसारको अवसरमा पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा हुने भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए ।...
कास्की प्रहरीले पक्राउ गर्‍यो ५१ जना फरार प्रतिवादी
पोखरा ।  एक महिनाको अवधिमा प्रहरीले ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । मंसिर १ ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी  ४१ जना पुरुष र  १० पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको छ ।...
एनपिएलमा काठमाडौं गुर्खाज छ विकेटले विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौँको जितमा स्टेफन स्किनाजीले...