Main News 1

सिमरामा फेरि तनाव, कर्फ्यू जारी
बारा । बाराकाे सिमरामा बुधबार भएकाे झडपकाे विषयलाई लिएर बिहीबार पनि तनाव भएकाे छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसाे पाैने १ बजेदेखि कर्फ्यू लगाइएकाे छ । बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयाेग पनि गरेकाे थियाे । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा...
पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल
पोखरा, ३० कात्तिक । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा...
जेनजी आन्दाेलनका बेला कास्कीमा तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी तीव्र
पोखरा ।  गत भदौ २३/२४ गते Gen-Z आन्दोलनको मौका छोपी कास्कीको एक व्यवसायिक भवनमा तोडफोड, लुटपाट र आगजनी गरी सम्पत्ति नष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी कार्य जिल्ला प्रहरी कार्यालय कास्कीले तीव्र पारेको छ। प्रहरीले उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको भएपनि अन्यको पहिचानका लागि सार्वजनिक रूपमा सहयोगको अपील गरेको छ। जिल्ला प्रहरी कार्यालय...
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
सोलुखुम्बु।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु...
सर्वाेच्च अदालतले मंसिर १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने 
काठमाडाैं । मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वाेच्चको पूर्ण बैठकले यससम्बन्धी निर्णय गरेको हो ।  जेन-जी आन्दोलनका कारण सर्वाेच्चको मूलभवन जलेर खण्डहर भएपछि सर्वाेच्चले आंशिक सेवा मात्र सञ्चालन गर्दै आएको छ। जलेका फाइलहरू पुनर्प्राप्ति गरी नियमित सेवा सञ्चालन गर्न लागेको हो।
३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं १३ औं क्यान इन्फोटेक मंसिर १७ देखि २१ गतेसम्म हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । सङ्घले मेलालाई विशुद्ध स्वदेशी उत्पादन...
म्याग्दीमा एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२...
प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक युवा एमाले महाधिवेशनमा प्रतिनिधि बन्ने
काठमाडौँ । एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक ४० वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि बनाएको छ ।मंसिर २७ देखि २९ सम्म  पोखरामा हुने भनिए पनि महाधिवेशनकाे स्थान परिवर्तन गरेर काठमाडाैं हुने भएको हो । ११ औं राष्ट्रिय महाधिवेशन विधिमा चारमध्ये एक युवा प्रतिनिधि सुनिश्चित गरेको हो । एमाले केन्द्रीय पदाधिकारीको शनिबारको बैठकले...
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ।  गण्डकी कोशी र  बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी...
पोखरा एभेन्जर्सद्धारा एनपिएलको ट्रफी पोखरामा सार्वजनिक
पोखरा । नेपाली प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सहभागी पोखरा एभेन्जर्सले आगामी प्रतियोगिताको ट्रफी पोखरामै विशेष समारोह बीच सार्वजनिक गरेको छ । कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले यसपटकको लिगमा जित्ने लक्ष्यसहित आन्तरिक तयारी गरेको जानकारी दिनुभयो। उहाँले “सपना देखेर क्रिकेटमा लगानी गरेको” भन्दै केही वर्षमा यसको प्रतिफल देखिने विश्वास व्यक्त गर्नुभयो। पहिलो संस्करणमा अपेक्षित नतिजा नआए...