Main News 1

संचार मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण
नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संचार तथा सूचना, प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न आवश्यक रहेको औंल्याएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री गुरुङले संचार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदरसमेत गरेका छन्। उनले सूचना प्रविधिसम्बद्ध...
नयाँ मन्त्री मण्डलको संचारमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काँग्रेस–एमाले केपी ओली सत्ता साझेदार नयाँ मन्त्री मण्डलमा संचार, प्रविधि मन्त्री बनेका छन्। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारका प्रवक्तासमेत रहने गरी गुरुङ संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। नेकपा एमालेका पार्टी उपमहासचिव ०७९ को निर्वाचनमा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई गुरुङलाई हराउँदै लमजुङबाट प्रतिनिधि...
प्रेस काउन्सिल नै नबोले कसले बोल्छ ?
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका संचार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन्। उनले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/संचारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसंगतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताएका हुन्। प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’...
न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गर्दै
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको रहस्य खोलेका छन्। काउन्सिलको आयोजना र संचारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। अध्यक्ष बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले संचार माध्यमबीचको ठूलो...
‘आमसंचार र समावेशी पत्रकारिता’ पुस्तकमाथि परिचर्चा
पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसंचार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पुस्तकको परिचर्चा गरिएको हो। कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशिताको सैद्धान्तिक पक्ष तथा सरकारी संचार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाबारे तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताए। पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली...
सम्पादकको योग्यता पुनरावलोकनको तयारी
प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ। डिजिटलसहित विभिन्न संचार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यकदेखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। अध्यक्ष बस्नेतले मंगलबार नयाँ अनलाइन, युट्युब, संचार माध्यमका संचालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा यस्तो बताएका हुन्। ‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको...
असार २२ मा नेपाल पत्रकार महासंघको चुनाव
आगामी असार २२ गते नेपाल पत्रकार महासंघको चुनाव हुने भएको छ। महासंघले सो मितिमा मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज (शुक्रबार) निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। हेरौं, पत्रकार महासंघको सूचना निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको छ। महासंघले...
न्यूज एजेन्सी (रासस) सँग प्रेस काउन्सिल
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपालले सुरु गरेको संचार माध्यमसँग काउन्सिल अभियानअन्तर्गत राष्ट्रिय समाचार समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पुग्ने उल्लेख गरे। नेपालको एकमात्र सरकारी...
‘भ्रामक र तथ्यहीन सूचना देशलाई नै घातक’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गंभीर हुन सबै संचार माध्यमलाई आग्रह गरेका छन्। अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएका उनले औँल्याए। अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए। नयाँ खुलेका अनलाइन संचार माध्यमका सम्पादक,...
विदेश मामिला रिपोर्टिङको समस्याबारे छलफल
प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिङ गरिरहेका संचारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ। बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए। सोही क्रममा सहभागीले यस बिटको रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखे। सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका...