Main News 1

प्रधानमन्त्री केपी ओली र भारतका समकक्षी मोदीबीच आज अमेरिकामा भेट हुँदै
पोखरा असोज ६ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज राति भेटवार्ता हुने भएको छ । उनीहरुबीच आइतबार अमेरिकी समय अनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय...
धारिलो हतियार प्रहार गरी ससुराको हत्या, ज्वाईं फरार
मोरङ असोज ५ । मोरङको पथरीमा ज्वाइले ससुराको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शनिबार बिहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव उनकै घरमा भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ । घरमा...
संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा शुभकामना दिँदै यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिंग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको उल्लेख गरेका छन् । ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस, दशकौं लामो संघर्ष...
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ
पोखरा असोज २ । सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि आरम्भ भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने गर्दछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्न द्यकालमा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवग्ंत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान...
आज विश्वकर्मा जयन्ती, विश्वकर्मा भगवानको पूजा गरी मनाइँदै
पोखरा १ असोज । आज विश्वकर्मा जयन्ती । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात अजोज १ गते विश्वकर्मा पूजा गरी मनाइँदैछ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो भने यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विशेष गरी नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र...
स्थानीय तहमा भ्रष्टाचार मौलाउँदो
काठमाडौं भदौ ३१ । स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको तथ्यांकले देखाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि भूमिका पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेका मुद्दा संख्याले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको देखाएको हो । अख्तियारले आइतबार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार मुलुकमा भ्रष्टाचारबढ्दो छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र...
पेट्रोलिय पदार्थको मूल्य घट्यो, पोखरामा पेट्रोल लिटरको १५९ 
पोखरा ३१ भदौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । आइतबार साँझ बसेको नियम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको...
पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा
पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा...
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण कार्की निर्वाचित
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । कार्कीले ४ सय ८८ मतले पोखरेललाई पराजित गरेका हुन् । पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रीएका थिए भने कार्की...
पोखरा उद्योग वाणिज्य संघमा मत गणनाहुँदै
पोखरा ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनको लागि हिजो भएको मतदानको अब केहीबेरपछि मत गणना सुरु हुँदैछ । निर्वाचन समितिका अनुसार मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । पोखरा उद्योग वाणिज्य संघमा २ हजार ९ सय ७ मतदाता रहेका छन् । आठ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो...