Main News 1

दुर्घटना
माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु
तनहुँ । तनहुँमा माइक्रो बसले ठक्कर दिँदा प्रहरी हबल्दारको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा गोरखा नगरपालिका– १४, गोप्लिंङ घर भई  ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेका हवल्दार नहर्की सवार गण्डकी...
पोखराका पूर्वमन्त्री खड्कालाई नागरिक अभिनन्दन
पोखरा । पोखरा १६ का स्थायी बासिन्दा पूर्वमन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो । पोखरा १६ को प्रवेशद्वार केआइसिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले...
कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका
तनहुँ । बडादसैँको मुख्य दिन तनहुँ जिल्ला कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५:३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको...
असहाय बालबालिकाले लगाए वृद्धाश्रममा टीका
पोखरा । पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि हिजो टीका लगाएका छन् । मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लागएर स्वादिष्ट भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो । दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र...
दिउँसो ३: ३० बजेदेखि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । । उनले  आज दिउँसो ३: ३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३:३०...
धारिलो हतियार प्रहार गरी २८ वर्षीया युवतीको हत्या
गोरखा । गोरखाको पालुङटार नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक युवतीको हत्या भएको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा बुधबार राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते उनको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । कुमाल सुतिरहेको अवस्थामा...
गत साउन र भदौमा ७ अर्ब ५५ करोडको बिजुली निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी  ७ अर्बको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा  ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको...
कालरात्रि देवीको पूजा आराधना गरिँदै
पोखरा । नवरात्रको सातौंदिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ ।...
पोखराको लेकसाइडका होटलमा तिहारसम्म ३० प्रतिशत छुट
पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटलमा चाडपर्वका अवसरमा छुट दिइने भएको छ । पर्यटनको राजधानी पोखरामा होटल संघ नेपाल पोखरामा आवद्ध होटलहरुमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको हो । संघका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी संघ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा दसैंदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको...
पोखरामा तिहारपछि अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड तयारी
पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा तिहारपिछ तेस्राे अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड तयारी गरिएको छ । हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते दौड हुन लागेको हो । नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरु सहभागी हुने दौडले पोखरा क्षेत्रको पर्यटन  प्रवद्र्धन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुत्ने र नेपाल र चीन सम्बन्धलाई थप...