साहित्य–कला

१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु
पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर...
स्वतन्त्र स्तम्भकार पन्तका ‘आस्थाका आवाज’ पुस्तक विमोचन
स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्। ‘आस्थाका आवाज’ पुस्तक जनआस्था साप्ताहिक पत्रिकामा वि.स. २०५२ देखि २०५८ सम्म पन्तले लेखेका नियमित स्तम्भका लेखहरुको संग्रहित पुस्तक हो। जनआस्था साप्ताहिकको अग्रपृष्ठमा नियमित...