पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै ठाउँमा जुटाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको उल्लेख गरे। उनले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका...